मेडिकल रेकर्ड भन्नासाथ चिकित्सा अभिलेख भनेर बुझिन्छ, वास्तवमा बिरामी अस्पतालमा उपचारको लागि आएपछि बिरामीको स्वास्थ परिक्षण, अवस्था, रोगको निदान, उपचार, औषधि सहित चिकित्सक, नर्स, स्वास्थकर्मीले ब्यबस्थित सिलसिलेबार रुपमा मिलाई राखेको उपचार सम्बन्धिको अभिलेख हो |
मेडिकल रेकर्ड बिभाग
चिकित्सा अभिलेख कार्य गर्नका लागि निर्माण गरिएको बिभाग नै मेडिकल रेकर्ड बिभाग हो |
मेडिकल रेकर्डका प्रमुख क्षेत्र :
- स्वास्थ तथ्यांक
- अभिलेख तथा सूचना ब्यबस्थापन
- रोगको बर्गिकरण तथा निगरानी
- चिकित्सा अनुसन्धान
- योजना
- चिकित्सा कानुनी मामला
- प्रशासन र ब्यबस्थापन
- चिकित्सा बिज्ञान
- स्वास्थ/जीवन बिमा
- जनस्वास्थ आदि |
मेडिकल रेकर्ड विभागको कार्यहरु
- अभिलेख तथा प्रतिवेदन
- चिकित्सा अभिलेखको ब्यबस्थापन
- चिकित्सा कानुनी क्रियाकलाप
- रोगहरुको बर्गिकरण तथा विशलेषण
- तथ्यांक विशलेषण तथा अनुसन्धान
- योजना तर्जुमा
- प्रतिवेदन तयार गर्ने
- सरोकार निकायसंग समुन्वय/सहकार्य
मेडिकल रेकर्डको भूमिका
- अस्पतालको बिरामी उपचार मेडिकल रिकर्डको ब्यबस्थापन, विशलेषण, प्रतिवेदन
- बिरामीको संख्या, मानव, संसाधन, भबन तथा संरचना, उपकरण सम्बम्धमा अनुमान तथा प्रक्षेपण
- बेला बेलामा आउने विभिन्न प्रकोपजन्य रोगहरुको समयमै प्रतिवेदन तथा निगरानीमा श्रोत व्यक्तिको भूमिका
- कानुनी निकायसंग कानुनी चिकित्सा मामलाहरुको समुन्वय गर्ने
- अस्पतालको स्वस्थ तथांक बिरामीको भर्ना, उपचार , डिस्चार्जको अभिलेख कानुनी तथा प्रशासनिक भूमिका
- अस्पतालको अवस्था, बिरामीको स्वास्थ्य तथ्यांक,अनुसन्धानकर्ता, पत्रकार ,नीती, निर्माता तालुक निकायलाई सूचना प्रवाह गर्न सूचना अधिकारिको जिम्मेवारीको भूमिका
मेडिकल रेकर्डको महत्व
- मेडिकल रेकर्डको आफैमा तथ्य हो |
- बिरामीको स्वस्थ्य अवस्थाको ऐना हो |
- बिरामीले लिएको स्वस्थ्य उपचारको प्रमाण पनि हो |
- यसलाई योजना बनाउन वा लक्ष्य निर्धारण गर्न कुनै अनुसन्धान गर्न सबै ठाउँमा महत्वका साथ प्रयोग गर्न सकिन्छ |
स्वस्थ्य क्षेत्रको उपचारात्मक क्षेत्र आफैमा अति सम्वेदनशिल क्षेत्र हो | यसको सेवा प्रवाहलाई आकलन गरी अस्पतालमा सैया, उपकरण, औषधीको आपूर्ति , चिकित्सक , नर्स, स्वास्थकर्मी लगायतका कर्मचारीको उचित व्यवस्थापन गर्न र सोही अनुसार योजना निमार्ण गर्न मेडिकल रेकर्डको अत्यन्त महत्व रहन्छ |आज पनि अस्पतालहरुमा ई. एम. आर (Electronic Medical Records ) लागु गर्ने भनि देशभरि ब्यापक चर्चा गरिएको छ, तर ब्यबस्थापन हुन नसक्दा अस्पताल सेवाको प्रतिबेदनमा समस्या देखिएको छ |
मेडिकल रेकर्ड विभागलाई ब्यबस्थित गरी सो अनुशार योजना बनाउन आवश्यक समन्वय सहकार्य गर्न जरुरी ठान्दछौ ।

Contact:9762770235
Email:kishoreshrestha15@gmail.com