परिचय

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको धनगढी उप-महानगरपालिका-०१ मा अवस्थित सेती प्रादेशिक अस्पताल बि.. १९९७ मा जिल्ला अस्पतालको रुपमा स्थापना भई १५ सैयामा संचालन गरियो | तत्पश्चात यस अस्पतालको बि.. २०४० सालमा सेती अंचल अस्पतालको रुपमा ५० सैयामा स्तरउन्नति गरि सो अनुसार स्वास्थ्य मत्रालय बाट ५० सैयको लागि आवश्यक पर्ने दरबन्दी श्रीजना गरि संचालनमा आईरहेको थियो | यस सुदुरपश्चिमको केन्द्र मा रहेको अस्पतालमा सुदूरपश्चिम बासीलाई बसाई सराई तथा आवत जावत कैलाली जिल्लामा भइरहने सेवा विस्तार गर्ने आया अति आवश्यक भई बि..२०६१ सालमा अस्पताल विकास समितिबाट ७५ सैय थप स्वीकृत लिई १२५ सैयमा अस्पताल संचालन गरियो | यस अस्पताल, जिल्ला अस्पताल, अंचल अस्पताल हुदै बि.. २०७६ साल भाद्र गते सेती प्रादेशिक अस्पतालको रुपमा प्रदेश सरकारले आफ्नो गौरबको अस्पतालको रुपमा परिभाषित गर्दै २७५ सैयमा संचालनमा थियो |

यस सेती प्रादेशिक अस्पताल हाल यस प्रदेशको प्रमुख रिफ़रल सेन्टर रुपमा सेवा प्रदान गर्दै आइरहेको छ | झन्डै २८/३० लाख जनसंख्या रहेको यस सुदुरपस्चिम प्रदेशमा जनताको यस अस्पताल प्रति सुविधायुक्त अस्पतालको रुपमा सेवा उपलब्ध हुनुपर्ने अपेक्षा राख्ननु स्वभाबिक नै हो |

यस प्रदेशबाट अन्यत्र अस्पतालमा गई स्वास्थ्य उपचार सेवा, जाच तथा अप्रेशनका लागि बाहिर गई उपचार गर्नुपर्ने बाध्यता नै थियो | यस क्षेत्रका जनताको आर्थिक अवस्था, गरिबीका कारण उपचार गराउन अतिनै समस्य थियो | हाल यस अस्पतालको सेवा बिस्तार भयपछि यस प्रदेशमा मात्र नभएर नजिक भारतको सिमाना पारीको क्षेत्र बाट पनि सेवा लिन आउने गरेका छन् | सेती प्रादेशिक अस्पतालले यस क्षेत्रमा हुनसक्ने विपद ब्यबस्थापनमा समेत विशेष भूमिका रहेको |

विपद COVID-19 को बेलामा पनि यस अस्पतालले थप ५० सैय संचालन गरि COVID-19 को ब्यबस्थापन गरेको थियो |

प्रशासनिक आधारमा कैलालीमा निर्वाचन क्षेत्र , प्रदेश अस्पताल , गाउपकालिका ६, उप-महानगरपालिका , नगरपालिका १३, वार्ड १२६, रहेको अवस्था |

हाल यस अस्पतालले प्रदान गरेको सेवाहरु निम्नानुसार छन् :-

(क)विशेषज्ञ सेवा

(1) जनरल मेडिसिन (General Medicine)

(2) जनरल सर्जरी (General Surgery)

(3) बालरोग (Paediatric)

(4) प्रसुतीरोग गाइनोकोलोजी (Gynaecology and Obstretrics)

(5) अर्थोपेडिक (हड्डीरोग)Orthopaedic

(6) छालारोग (Dermatology)

(7) रेडियोलोजी (Radiology)

(8) नाक, कान, घाँटी (ENT)

(9) एनेष्थेसियोलोजी (Anesthesiology)

(10) प्याथोलोजी (Pathology)

(11) दन्तरोग (Dental)

(12) जनरल प्राक्टिस (General Practice)

(13) न्यूरो सर्जरी (Neuro Surgery)

(14) कार्डियोलोजी(Cardiology)

(15) फिजियोथेरापी (Physiotherapy)

(16) मानसिक रोग (Psychiatry)

(17) कोभिड 19 उपचार विभाग

(ख) स्वास्थ्य सेवा सम्बन्धि शाखा तथा इकाइ वा केन्द्रहरू

(1) क्षयरोग उपचार केन्द्र (DOTS)

(2) एम.डि.आर. उपचार केन्द्र (MDR Treatment Center)

(3) एच.आर्इ.भि. उपचार तथा सरसल्लाह केन्द्र (ART)

(4) कुष्ठरोग उपचार केन्द्र (Leprosy)

(5) सुरक्षित गर्भपतन केन्द्र (CAC)

(6) मातृशिशु तथा खोप केन्द्र (MCH Clinic)

(7) सर्पदंश उपचार केन्द्र

(8) सिकलसेल उपचार केन्द्र

(9) सामाजिक सुरक्षा इकाइ

(10) अस्पताल फार्मेसी

(11) बायोमेडिकल र्इञ्जिनियर युनिट

(12) इन्फेक्सन प्रिभेन्सन (Infection Prevention) तथा सरसफार्इ युनिट

(13) आर्इ.टी. युनिट

(14) यातायात तथा एम्बुलेन्स

(15) सुरक्षा शाखा

(16) डाइलाइसिस

(17) मेडिको लिगल तथा पोष्टमार्टम

(18) किशोर किशोरी

(19) प्रयोगशाला (Lab)

(20) मेडिकल रेकर्डर शाखा

(ग) नियमित ओ.पि.डी.

(1) मेडिकल ओ.पि.डी.

(2) सर्जरी ओ.पि.डी.

(3) अर्थोपेडिक ओ.पि.डी.

(4) गाइनोकोलोजी तथा अब्स ओ.पि.डी.

(5) बालरोग ओ.पि.डी.

(6) छालारोग ओ.पि.डी.

(7) नाक, कान, घाँटी ओ.पि.डी.

(8) दन्तरोग ओ.पि.डी.

(घ) र्इमर्जेन्सी (24 घण्टा)

(ङ) अन्तरंग विभाग (Inpatient)

(1) मेडिकल वार्ड/छालारोग/जेरियाट्रिक/सर्पदंश

(2) सर्जरी वार्ड

(3) अर्थोपेडिक/र्इ.एन.टी.

(4) पेडियाट्रिक (बालरोग)

(5) गार्इनोकोलोजी (Labour) लेवर वार्ड

(6) जनरल आर्इ.सि.यु. वार्ड

(7) कोभिड आर्इ.सि.यु. वार्ड

(8) कोभिड वार्ड