अर्थोपेडिक विभाग

अर्थोपेडिक सर्जरी विभागले हाड, जोर्नी, मांसपेशी र मेरुदण्डका चोटपटक तथा अन्य रोगहरूको समग्र उपचार सेवा प्रदान गर्दछ। सेती प्रादेशिक अस्पताल वि.सं. १९९७ मा स्थापना भएदेखि नै सुदूरपश्चिमका जनतालाई हाडजोर्नी सम्बन्धि आधारभूत सेवा प्रदान गर्दै आएको हो। हाल यो सेवा विस्तार भई अहिले हामी गम्भीर चोट लागेको, जटिल फ्र्याक्चर भएको, मेरुदण्ड भाँचिएको, नसा च्यापिएको, हड्डी नजोडिएको उपचार गर्नुका साथै जोर्नी प्रत्यारोपण समेत गर्न सक्षम भएका छौं यस बिभागले वर्षौंदेखि आर्जन गरेको जन-बिश्वास यहाँ प्रत्येक दिन सेवा लिन आउने सेवाग्राहीको संख्याले पनि दर्शाउँछ

हाडजोर्नी विभागमा हाल १५ शैय्या छन बिरामीको चाप अनुशार यी पर्याप्त छैनन् त्यसैले हाडजोर्नीका बिरामीलाई बर्षभरि नै अन्य वार्डमा पनि राख्ने गरिएको निरन्तर नजिकबाट निगरानीमा राख्नुपर्ने बिरामीको लागि एउटा छुट्टै पोस्ट-अपरेटिभ वार्डको पनि ब्यवस्था पालो पर्खिन नचाहने सेवाग्राहीको लागि -शुल्क तत्कालै सेवा दिने ब्यवस्था पनि

शल्यक्रियाका लागि तीनवटा अपरेशन थिएटर छन्। एक्स-रे को सहायता लिइ अपरेशन गर्न सी-आर्म मेसिन CT Scan MRI पनि अस्पताल हाता भित्रै उपलब्ध छन रेडक्रस द्वारा संचालित ब्लडबैंक नजिकै छ।

यस बिभागमा ८ जना हाडजोर्नी बिशेषज्ञ चिकित्सक कार्यरत छन। यहाँ बिरामीको समस्या उनको सामाजिक परिवेश हेरी, चिकित्सा बिज्ञानको नवीनतम प्रबिधि प्रयोग गरी, शल्यक्रिया गरि वा नगरि, प्रमाणमा आधारित उत्कृष्ट इलाज दिने प्रयास गरिन्छ

गरीब, विपन्न, असहाय, सीमान्तकृत र खाँचोमा परेका बिरामीहरूलाई सामाजिक सेवा इकाई मार्फत आवश्यक सहयोग दिने ब्यवस्था छ।

हाम्रो दूरदृष्टि भनेको सुदूरपश्चिम प्रदेशका जनतालाई घर नजिक सुविस्ता सहित न्यूनतम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्नु हो।

 
हाम्रो ध्येय भनेको उत्कृष्ट सेवा प्रदान गरी हाडजोर्नीका समस्याको लागि जनताको पहिलो रोजाइ बन्नु हो।

 
 
हाम्रो लक्ष्य भनेको हरेक दिन विगतका अनुभवबाट सिक्दै, नयाँ ज्ञान सीप  प्रबिधि अँगाल्दै भविष्यमा अझ राम्रो बिरामीको इलाज गर्न सक्ने बन्न हरेक दिन प्रयासरत रहनु हो।

 
 
विभागको कार्य-तालिका:

 
बहिरंग सेवा: प्रत्येक दिन ( शनिबार बाहेक ) : बिहान १० बजे देखि  बजे सम्म

 
शल्य-क्रिया: हप्तामा ४ दिन : आइतबार / मंगलबार / बिहिबार / शुक्रबार

 
आपतकालीन सेवा: २४ सै घण्टा

 
:शुल्क सेवा (EHS) : बिरामीको माग अनुशार दिउँसो ३ बजेपछि 

 
 प्रदेश भित्र वा बाहिर कुनै प्राकृतिक प्रकोप आइपरेमा सधैं तयार छौँ ।

 
DR. SHIVA RAJ PANERU
HOD(ORTHOPEDICS)
SENIOR CONSULTANT ORTHOPEDIC SURGEON